सुनको मूल्य बढ्यो
काठमाडाैं | मंसिर ४, २०८२
काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।
महासंघले बिहीबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार ३ हजार १५० रुपैयाँ कायम थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

